बैंकिङ खबर । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बैंक तथा वित्तीय सन्स्थाहरुको सामुहिक तथा कर्मचारिहरुको हक, हीतको सम्बर्धनको साथै सम्भव भए सम्म सामाजिक सहयोगको लागी शाखा प्रबन्धकहरुको साझा फोरमको रुपमा “बैंकर्स क्लब तौलिहवा” को गठन भएको छ । सो को अध्यक्षमा राष्ट्रीय बाणिज्य बैंकका शाखा प्रबन्धक सरोज आचार्य, उपाध्यक्षमा मेगा बैंकका शाखा प्रबन्धक राजेन्द्र प्रसाद शर्मा, सचिवमा गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्सको शाखा प्रबन्धक नवीन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा श्री इन्भेषटमेण्ट एण्ड फाइनान्सको शाखा प्रबन्धक राजीव श्रीवास्तव र सदस्यहरुमा राम बहादुर खत्री कृषी विकास बैंक, अर्पण श्रेष्ठ लक्ष्मी बैंक, अखिलेश कुमार अग्रहरी कामना सेवा विकास बैंक, प्रकाश ज्ञवाली एभरेष्ट बैंक, नवीन भुषाल तिनाउ मिसन डेभलपमेण्ट बैंक, लोक नारायण न्यौपाने ग्लोबल आइ एम इ बैंक, देवेन्द्र केसी माछापुछ्रे बैंक, सुनिल भुषाल प्रभु बैंक र सुरज गुप्ता कसौधन एन आइ सि एसिया बैंकका शाखा प्रबन्धकहरु सर्वसम्मतीले चयन गरिएको छ ।