बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्ती प्रकरणले बैंकिङ क्षेत्रमा हंगामा मच्चाएको छ । उनको नियुक्ति विवादमा परेको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि रिक्त रहेको अध्यक्ष पदमा उपेन्द्रकुमार कोइरालालाई बनाउने निर्णय भएको हो । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । सरकारको निर्णय अनुसार यसअघि बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बताइएको थियो । तर बुधबार बैठक बस्न सकेन । उनी विवादमा तानिएपछि अबस्था अन्योल भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । त्यसपछि उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा समेत नियुक्त भए । गुणस्तरहीन उत्तर पुस्तिका खरिदमा भ्रष्टाचारको आरोप लागेका उनी सार्वजनिक लेखा समितिले छानबिन गरेपछि उनले राजीनामा दिएका थिए । कोइरालाको नियुक्ती विवादास्पद बन्नुका साथै बैंकिङ क्षेत्रमै बदनाम भएको छ ।