Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ-मिसन डेभलपमेण्ट बैंकद्धारा ऋणीको ब्याजदरमा २.२५ प्रतिशतसम्म छुट

२०७७ भाद्र १० गते

बैंकिङ खबर । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाभाईरसको असरबाट आफ्न ऋणी ग्राहकहरुलाई पर्न गएको आर्थिक भारलाई महसुस गरि ऋणी ग्राहकहरुलाई केहि हदसम्म राहतदिने उद्देश्यले ब्याजदर घटाईदिएको छ । विकास बैंकले यस भन्दा अगाडी नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी भएको परिपत्रअनुसार २०७६ चैत्रमा ब्याज भुक्तनी गरेका ऋणीहरुको ब्याजमा दिनुपर्ने १० प्रतिशत छुट र २०७७ बैशाख १ देखि आषाढ मसान्तसम्मको ३ महिनामा तोकिएका क्षेत्रबाहेकका ऋणीहरुलाई ब्याजदरमा दिनुपर्ने २ प्रतिशतले हुने रकम रु. ४ करोड २० लाख जति छुट प्रदान गरिसकेको छ । यसरी बैंकले विश्वब्यापी रुपमा विगत ६ महिनादेखि आफ्नो पेशा र ब्यवसायहरु निरन्तर रुपमा चल्न नपाई आर्थिक भारमा परेका आफ्ना ऋणी ग्राहकहरुमध्ये असल बर्गमा परेका सम्पूर्ण ऋणीहरुको ब्याजदरमा पुनः २.२५ प्रतिशतसम्मले ब्याजदर घटाई सहुलियत प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवल ४ पाल्पारोडमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले हाल ७ वटा जिल्लाका विभिन्न ग्रामीण एवम् शहरोन्मुख क्षेत्रमा खोलिएका ५३ वटा शाखा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्गको साथसाथै लघुवित्तको माध्यमबाट समेत विभिन्न सेवा र सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

Ad