Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

शाखा बढाएर भएपनि सेवा व्यवस्थापन गर : राष्ट्र बैंक

२०७७ भाद्र ८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले शाखा बढाएर भएपनि उपत्यकामा भिड व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ वटा मात्रै शाखा खोल्दा धेरै भीड देखिएको उल्लेख गरेको छ । केही शाखाहरु थप सञ्चालनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले काठमाडौं उपत्यकामा कम शाखा संचालन गरेका कारण शाखाहरुमा भिड बढेको छ । हाल विभिन्न कम्पनीहरुले आइपीओ खुृलाएको अबस्था छ । जसकारण बैंकका शाखामा आइपीओ भर्नेको पनि भिड बढेको छ । बैंकहरुमा भिड बढेपछि राष्ट्र बैंकले त्यसलाई व्यबस्थापन गर्न निर्देशन दिएको हो ।