Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकका कर्मचारीलाई आवत-जावत गर्न देउ : गृह मन्त्रालय

२०७७ भाद्र ४ गते

बैंकिङ खबर । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई आवतजावत गर्न दिन निर्देशन दिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी मन्त्रालयले अत्यावश्यक सेवाभित्र बैंकिङ क्षेत्र रहेको उल्लेख गर्दै बैंकिङ प्रणाली संचालनका लागि बैंकका कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिन भनेको छ । उपत्यकामा बैंकिङ सेवा दिन हिडेका कर्मचारीलाई विहीबार प्रहरीले रोकेको थियो। कर्मचारी बाटामै रोकिएपछि बैकर्स संघले विहीबार बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो । सोही प्रभावका कारण राष्ट्र बैंकले गृह मन्त्रालयसँग समन्वयन गरेको थियो ।

Ad