Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकद्धारा कोरोना रोकथाम कोषमा सहयोग

२०७७ श्रावण २८ गते

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले २०७७ श्रावण २८ गते बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको रु २,६७,२७,९२९ (दुई करोड सतसट्ठीलाख सत्ताइस हजार नौ सय उनन्तिस) रकम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ । उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्तअवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथामएवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताउनुभयो ।
यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी रु ७६,२४,६२० (छयहत्तर लाख चौबिस हजार छ सय बिस) सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोनाभाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल रु ३,४३,५२,५४९ (तिन करोड त्रिचालीस लाख बाउन्न हजार पाँच सय उनन्चास) सहयोग प्रदान गरेको छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।
हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसंगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Ad