Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकको ८१ लाख कित्ता हकप्रद साउन २७ गतेदेखि

२०७३ श्रावण १० गते

mega bankमेगा बैंकको २५ प्रतिशत हकप्रद शेयर आगामी साउन २७ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले एक सय रुपैयाँ दरको ८१ लाख १ हजार ४ सय ३८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् । साउन ९ गतेसम्म कायम सेयर धनीले मात्रै हकप्रद भर्न पाउँछन् । लगानीकर्ताले मेगा बैंकका सबै शाखा र ग्लोबल आइएमई क्यापिटलबाट हकप्रद सेयर भर्न पाउँछन् । हकप्रद सेयर भर्दा प्रतिकित्ता एक सय रुपैयाँको दरले पैसा बुझाउनु पर्छ ।

हाल बैंकको चुक्तापुँजी तीन अर्ब २४ करोड रुपैयाँ छ । यो हकप्रद जारी भएपछि बैंकको चुक्ता पुँजी चार अर्ब पाँच करोड रुपैयाँ पुग्छ । बैंकले आगामी असार मसान्तसम्म चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।