
बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले COVID-19 महामारीबाट यस डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी) हरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही (ऋणी) हरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको जनाएको छ ।
बैंकका सेवाग्राही (ऋणी) हरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले सेवाग्राही (ऋणी) हरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा बैंक विश्वस्त रहेको जनाएको छ ।
हाल यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ ।