
बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा ल्याएको छ । यस घर कर्जा योजना अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुुुसार नया आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्र्जा लिन सक्नेछन् । यस कर्जा अन्र्तगत ग्राहकलाई रु.५०,०००/–( अक्षरेपी रु.पचास हजार) को कोरोना बीमा तथा रु.५००,०००/–(अक्षरेपी रु.पाँच लाख) सम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।
हाल यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।