Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको लगानी घर र गाडिमा : अधिकाँसको व्याजदर १० प्रतिशत तल

२०७७ श्रावण १२ गते

बैंकिङ खबर । उद्यम गर्नेहरुले बैंकिङ कर्जाको माग गर्न छाडेपछि बैंकहरु घर र गाडिमा केन्द्रीत हुन थालेका छन् । बैंकहरुले व्याजदर घटाएसँगै घर र गाडिमा लगानी गर्न थालेका हुन् । लकडाउन पछि बैंकवित्तको निक्षेप र ऋण दुवै किसिमको व्याजदर ह्वात्तै घटेको छ । अहिले अधिकाँस बैंकहरुले ९ देखि १० प्रतिशतको बीचमा व्याजदर तोकेका छन् । अधिकाँसले घर कर्जा र गाडि कर्जाका अफरहरु ल्याएका छन् । बैंकहरुमा निक्षेप बढेको छ भने कर्जाको माग कम छ । कोरोनाका कारण व्यापार व्याबसाय सुस्ताएको छ । उद्योग संचालन गर्नेहरु पनि मारमा छन् । लकडाउनका कारण परेको असर साम्य हुन सकेको छैन । जसले गर्दा कर्जाको माग घटेको हो । अहिले घर र गाडि कर्जा १० प्रतिशत भन्दा कममा पाउन थालेपछि धेरैको चासो घर र गाडिमा गएको छ ।

Ad