Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘यति साहित्य पुरस्कार-२०७२’ बुनु लामिछानेलाई

२०७३ श्रावण ९ गते

yetiयति डेभलपमेन्ट बैंकले हरेक वर्ष दिँदै आएको यति साहित्य पुरस्कार यसपाली दाङकी महाकाव्यकार बुनु लामिछानेलाई दिइएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर प्रोत्साह स्वरुप साहित्यकार लामिछानेलाई ताम्रपात्रसहितको १५ हजार रुपैयाँ धनरासी प्रदान गरेको हो । मातृभुमी समाजको सहकार्यमा प्रमुख अतिथि गजलकार डा. घनश्याम न्यौपाने र बैंकका शाखा प्रबन्धक राजेश लामिछानेले एक समारोहकाबिच विअिबार उक्त यति साहित्य पुरस्कार २०७२ प्रदान गरे । नेपाली साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न साहित्यकारहरुलाई वर्षेनि सम्मान गर्दै आएको बैंकले आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिँदै जाने बताएको छ ।