बैंकिङ खबर । कोरोना प्रभावितका लागि ल्याइएको पुनरकर्जा प्राप्तिका लागि के के गर्ने ? कसले पाउँछ यो कर्जा ? नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ सार्वजनिक गरेको छ । पुनर्कर्जालाई फराकिलो बनाउँदै विभिन्न क्षेत्र तथा साना तथा मझौला उद्यमीको पहुँचसम्म पुग्नेगरी नयाँ कार्यविधि बनाइएको हो । हेर्नुहोस् सम्पूर्ण विवरण :
पुनरकर्जा प्रदान गर्ने प्रक्रिया
इजाजतपत्रप्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले देहाय बमोजिमको प्रक्रियाबाट पुनरकर्जा प्रदान गर्नेछ ।
(१) प्रतिग्राहक रु १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।
(२) बुँदा नं.१ बमोजिमका पुनरकर्जाहरू प्रदान गर्दा देहाय बमोजिमको प्रक्रिया अवलम्बन गरिनेछ ।
(क) एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाको लागि बैंकले इजाजतपत्रप्राप्त संस्थाहरूबाट आवेदन आह्वान गर्नेछ ।
(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्रमा इजाजतपत्रप्राप्त संस्थाले आफ्ना प्रत्येक शाखाहरूबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनरकर्जा पाउने ऋणीका लागि प्रतिशाखा न्यूनतम पाँच ग्राहकले सुविधा पाउनेगरी अनुसूची–१ मा उल्लिखित विवरण समावेश गरी निवेदन पेश गर्न सक्नेछन् ।
(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिकरूपमा पुनरकर्जा स्वीकृत गर्न सकिनेछ ।
(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा सो रकमको प्रवाह बजारको अवस्था, इजाजतपत्रप्राप्त संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा उपलब्ध गराउनेगरी वितरणको तालिका बनाई सोही अनुसार प्रवाह हुनेछ ।
(ङ) स्वीकृत पुनरकर्जा रकम भुक्तानी हुनुअघि इजाजतपत्रप्राप्त संस्थाको अख्तियार प्राप्त अधिकारीले आवश्यक कागजात सहित तमसुक (अनुसूची–२) लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी इजाजतपत्रप्राप्त संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ ।
(च) तमसुकको प्रक्रिया सम्पन्न भई इजाजतपत्रप्राप्त संस्थाले भुक्तानी प्राप्त गरे पश्चात सम्बन्धित सबै ग्राहकलाई पुनरकर्जा बापत प्रदान गर्नुपर्ने ब्याजदर सुविधा पुनरकर्जा अवधिभर प्रदान गर्नुपर्नेछ ।
(३) इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा देहायको प्रक्रिया अवलम्बन गरी पुनरकर्जा उपलब्ध गराइने छ ।
(क) पुनरकर्जाको लागि बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूवाट आवेदन आह्वान गर्नेछ । (छ)
(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्र पुनरकर्जा आवश्यक पर्ने इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले अनुसूची–१क अनुसारको निवेदन पेश गर्न सक्नेछन् ।
(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्न सकिनेछ ।
(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थामा सो रकमको प्रवाह, बजारको अवस्था, संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी एकै पटक वा विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा प्रवाह गर्न सकिनेछ ।
(ङ) बैंकबाट स्वीकृत रकम भुक्तानी हुनुअघि सम्बन्धित इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थाले बैंक समक्ष आवश्यक कागजात सहित तमसुक (अनुसूची–२क) लगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ ।
(च) इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको अख्तियार प्राप्त अधिकारीले तमसुक लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ ।
(छ) तमसुकको प्रक्रिया सम्पन्न भई इजाजतपत्रप्राप्त संस्थाले भुक्तानी प्राप्त गरे पश्चात यस्तो पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन गर्नुपर्नेछ ।
१०. ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जा सम्बन्धी व्यवस्था : बैंकले ग्राहकको वित्तीय अवस्था लगायतको विश्लेषण गरी प्रदान गरिने पुनरकर्जा सम्बन्धमा देहाय बमोजिम हुनेछ : (१) ग्राहक ऋणी अनुसार प्रदान गरिनेसाधारण पुनरकर्जा यस कार्यविधिकोबुँदा नं. १२ को उपबुँदा नं. (३) मा तोकिएको उद्योग÷व्यवसायमा प्रवाह भएको रु.२० करोडसम्मका कर्जाको लागि प्रदान गरिने छ ।
(२) पुनरकर्जाका लागि आवेदन दिँदा संलग्न गर्नुपर्ने कागजात तथा विवरण :
(क) इजाजतपत्रप्राप्त संस्थाले पुनरकर्जा सुविधा प्राप्त गर्नका लागि ग्राहक ऋणी सम्बन्धी देहाय बमोजिमका कागजात संलग्न गरी आवेदन (अनुसूची–१ख) पेश गर्नु पर्नेछ ।
(१) ग्राहक ऋणीले पुनरकर्जा सुविधाको लागि पेश गरेको निवेदन
(२) कम्पनीको लेखापरीक्षण गरिएको पछिल्लो तीन आर्थिक वर्षको वित्तीय विवरण,
(३) पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र
(४) कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण
(६) निर्यात पुनरकर्जाको हकमा निर्यात सम्बन्धी कागजात (क) विगत वर्षहरुमा भएको निर्यात र विदेशी मुद्रा आर्जन भएको पुष्टि हुने कागजात । (ख) निर्यात व्यवसाय पुष्टि हुने अन्य कागजात ।
(७) ग्राहक ऋणीले यस भन्दा अगाडि उपयोग गरेको पुनरकर्जा सुविधाको रकम तथा अवधि सम्बन्धी विवरण समेत आवेदनमा खुलाउनु पर्नेछ ।
(८) ग्राहक ऋणीले अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा ।
(९) रोजगारी सृजना, विदेशी मुद्रा आर्जन लगायत अर्थतन्त्रमा पु¥याएको योगदान सहितको कम्पनीको संक्षिप्त विवरण ।
(ख) इजाजतपत्रप्राप्त संस्थाले पुनरकर्जाको आवेदन पेश गर्दा ग्राहक ऋणीको कर्जा वर्गीकरण, कर्जा प्रवाह मिति, कर्जा भुक्तान मिति र कर्जाको ब्याजदर स्पष्ट रुपमा खुलाउनुको अतिरिक्त कुन प्रकारको पुनरकर्जाको लागि आवेदन पेश गरेको हो सो व्यहोरा अनुसूची–३ बमोजिम स्पष्ट रुपमा किटान गर्नुपर्ने छ ।
(ग) इजाजतपत्रप्राप्त संस्थाले पुनरकर्जाको लागि आवेदन दिँदा पुनरकर्जाको लागि तोकिएका क्षेत्रभित्र रहेर मात्र आवेदन दिनु पर्नेछ ।
(घ) ग्राहक ऋणीलाई ब्याजदरको कारणबाट सहुलियत प्राप्त हुने हुँदा इजाजतपत्रप्राप्त संस्थाले पुनरकर्जाको आवेदन दिँदा सिमित ग्राहकलाई मात्र सहुलियत प्राप्त हुने गरी पुनरकर्जा माग गर्न पाइने छैन ।
(३) पुनरकर्जा प्रदान गर्ने आधारहरुः बैंकले देहाय बमोजिमको कागजात तथा प्रक्रिया पुरा भए नभएको यकिन गरी पुनरकर्जा स्वीकृतिको कारवाही अगाडि बढाउनु पर्नेछ : –
(१) ग्राहक ऋणीको सम्पूर्ण वित्तीय विवरण लगायत कागजात पेश भए/नभएको ।
(२) ग्राहक ऋणीले पुनरकर्जा प्राप्त गर्न पेश गरेको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पेश गरेको विवरण रुजु भए/नभएको ।
(३) म्भदत तय भ्त्रगष्तथ च्बतष्य बैंकले तोके बमोजिम रहे÷नरहेको ।
(४) ग्राहक ऋणीको व्यवसाय÷कारोबार÷परियोजना अर्थतन्त्रमा योगदान पु¥याउने तथा समग्ररुपमा औचित्यपूर्ण भए÷नभएको ।
(५) ग्राहक ऋणीको व्यवसाय÷कारोबार÷परियोजनाको वित्तीय अवस्थानुसार पुनरकर्जाको ब्याजदरबाट प्राप्त हुने सहुलियत प्रदान गर्न उचित भए/नभएको ।
(६) इजाजतपत्रप्राप्त संस्था तथा ग्राहक ऋणीको हकमा तोकिएका अन्य शर्त पालना भए/नभएको ।
परिच्छेद –४ पुनरकर्जाका लागि आवेदन र योग्यता
पुनरकर्जाको लागि आवेदन दिन योग्य इजाजतपत्रप्राप्त संस्थाः
‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू पुनरकर्जाको लागि आवेदन पेश गर्न योग्य हुनेछन् । तर, देहाय बमोजिमका इजाजतपत्रप्राप्त संस्थाहरु पुनरकर्जाको लागि आवेदन पेश गर्न योग्य हुने छैनन् ।
(१) बैंकबाट समस्याग्रस्त घोषणा भएका इजाजतपत्रप्राप्त संस्थाहरु,
(२) समस्याग्रस्तबाट मुक्त भएको एक वर्ष पुरा नभएको एवं समस्याग्रस्तबाट मुक्त भई तोकिएको न्यूनतम पुँजीकोष तथा चुक्ता पुँजी पुरा नगरेका इजाजतपत्रप्राप्त संस्थाहरु, र
(३) बैंकले समय समयमा पुनरकर्जा सुविधा नपाउने गरी तोकेका इजाजतपत्रप्राप्त संस्थाहरु ।
पुनरकर्जाका लागि योग्य कर्जाहरू :
पुनरकर्जा सुविधाका लागि देहाय बमोजिमका कर्जाहरू योग्य मानिनेछन् ।
(१) लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि देहायबमोजिमका कर्जाहरू योग्य मानिनेछन् ।
(क) सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु. १५ लाखसम्मका कर्जाहरू,
(ख) प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु. १५ लाखसम्मका कर्जाहरू,
(ग) प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू,
(घ) वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु,
(ङ) कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु,
(च) कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण,
(छ) अनुसूची–४ को खण्ड (क) र (ख) मा तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाहरु,
(ज) बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू ।
(ड) (२) विशेष पुनरकर्जाका लागि देहायबमोजिमका कर्जाहरू योग्य मानिनेछन् ।
(क) सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू,
(ख) न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू,
(ग) रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु
(घ) वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु
(ङ) कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु ।
(३) साधारण पुनरकर्जाका लागि देहाय बमोजिमका कर्जाहरू योग्य मानिनेछन् ।
(क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू,
(ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू ।
(ग) कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू । (घ) अनुसूची–४ मा तोकिएका उद्योगलाई प्रवाहित कर्जाहरु ।