Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकद्धारा कान्ती बाल अस्पताललाई सहयोग

२०७७ श्रावण ६ गते

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले बैंकको माहाराजगंज शाखा मार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाण्डौ स्थित “कान्ती बाल अस्पताल” लाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त मेशिन मर्मत संभार गर्न बैंकले रु. १,४२,९४५/– प्रदान गरेको जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Ad