Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

२०७७ श्रावण ६ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लि.मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०७७ श्रावण ०२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मालाई समितिले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नवनियुक्त गरेको छ ।
सो अवसरमा बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका नियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनुभएको छ । यस्तै, उँहाले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह समेत गर्नुभएको छ ।

Ad