Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

के अब बैंकमा पैसा राखेर व्याज खाने दिन गएकै हुन् ?

२०७७ श्रावण ५ गते

बैंकिङ खबर । कुनै समय व्याज बढी भएकै कारण नेपाल बैंकर्स संघले व्याजमा एकरुपता कायम गर्ने भन्दै निक्षेपमा ११ प्रतिशतभन्दा बढी व्याज दिन नपाउने निर्णय गरेको थियो । जतिबेला बैंकहरुले निक्षेप संकलनमा व्याज बढाउँदै जाँदा १३ प्रतिशतसम्म व्याज दिएका थिए । अहिले बैंकमा कर्जाकै व्याजदर एकल अंकमा झरीसकेको छ । बाणिज्य बैंक र विकास बैंकहरुले १० प्रतिशत भन्दा कम व्याजमा ऋण दिन थालेका छन् । बैंकर्स संघले व्याजदरको सिनिडकेट तोडेर खुल्ला बनाइसकेको छ । संघले प्रतिश्प्रर्धाका आधारमा व्याजदर लागु गर्ने निर्णय गरेको हो । निक्षेपतर्फको व्याजदर मुद्धतिमा व्यक्तिगत तर्फ करिव ७.५० प्रतिशतको रेसीयोमा छ । सामान्य बचत खातामा व्याज ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म रहेको छ । कुनै समय बैंकमा निक्षेप गरेरै व्याज खान्छु भन्नेहरु अहिले व्याज अति कम हुन थालेपछि निराश भएका छन् । के अब बैंकमा निक्षेप गरेर व्याज खान्छु भन्ने दिन सकिएकै हो त रु कतिपय यस्तो अनुमान गर्न थालेका छन् । तर हाल लकडाउनका कारण लगानी क्षेत्रहरु साँघुरीएका कारण यस्तो भएको हो ।

बैंकमा पैसा थुप्रीएको छ । लगानी योग्य पुँजी धेरै छ । लकडाउनका कारण लगानीका क्षेत्रहरु साँघुरीएका छन् । पर्यटन, होटल, यातायात, मनोरंजन, खेलकुँद, हवाइजहाज, पार्टी प्यालेशहरु पूर्ण रुपमा बन्द छन् । केही व्यबसायहरु संचालनमा आएको भएतापनि व्यापार व्यबसाय राम्रो हुन सकेको छैन । सामान्यतया काम गर्ने अबस्था अझै निर्माण भएको छैन । जसले गर्दा व्यापार व्यबसायको मन्दीले पैसा परिचालन गर्ने आधार छैन । यसैकारण पनि हाल बैंकमा निक्षेप बढेर गएको छ । केही बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन् । लक्ष्मी बैंकले हालै सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा खातामा न्यूनतम ४ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर प्रदान गर्ने तथा मुद्धतिमा ७।२५ प्रतिशत व्याज प्रदान गर्ने जनाएको छ । यसैगरी सनराइज बैंकले पनि व्याजदर सार्बजनिक गरेको छ । उक्त बैंकले साउन ५ गतदेखि लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको हो । जसअनुसार बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशत ब्याज दिने जनाएको छ । मुद्धतिमा व्यक्तिगततर्फ बढीमा ७.५० प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले कर्जाको ब्याजदर पनि धमाधम घटाउन थालेका छन् । निक्षेपतर्फ मात्र नभई ऋणतर्फ पनि व्याजदर धेरै नै कम भइसकेको छ । अधिकाँस बैंकहरुले ऋणको व्याजदर एकल अंकमा झारीसकेका छन् ।