बैंकिङ खबर । लघुवित्तको अधिकतम व्याजदर १५ प्रतिशत तोकिएको छ । अब लघुवित्तबाट १५ प्रतिशतमै कर्जा पाउन सकिने छ । यसअघि लघुवित्तहरुको १७ प्रतिशत व्याज तोकिएको थियो । लघुवित्तको नयाँ लाइसेन्स पनि रोक्ने निर्णय भएको छ ।
यस मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।
-कोरोना कृषि उर्जा, साना मझौला उद्योगलाई प्रोत्साहित
-वाणिज्य बैंकहरुले कृषिमा कम्तिमा १५ प्रतिशत लगानी गर्नुपर्ने
-कृषि विकास बैंकलाई कृषिको अग्रणी नेतृत्व गराइने
- वाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कम्तिमा १० प्रतिशत लगानी गर्नुपर्ने
- बाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत पुनरकर्जा उपलव्ध गराउनु पर्ने
- नीजि आवास कर्जालाई ६० प्रतिशत कर्जा उपलव्ध गराइने
- सेयर धितो कर्जा ६५ प्रतिशतबाट ७० प्रतिशत बनाइएको छ ।
- बैंक वित्तबाट ३ प्रतिशतमा विशेष पुनरकर्जा तथा ५ प्रतिशतमा पुनरकर्जा कर्जा दिइने
- बजेटमा उल्लेख भएका अधिकाँस विषयहरु समावेश
- सावाँ ब्याज भुक्तानीको म्याद थप गरी पुस मसान्त सम्म सारीयो ।


