Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निशुल्क विद्युतीय कारोबार हट्यो, अब अन्तर बैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

२०७७ श्रावण १ गते

बैंकिङ खबर । लकडाउनका कारण निशुल्क रहेको डिजिटल सेवामा अब शुल्क लाग्ने भएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन् । साउन १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने निर्णय गरेको हो । कोरोनाका कारण चैत ७ गतेबाट जुनसुकै बैंकको एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था थियो । यस्तो शुल्क बैंकहरु आफैले तोक्न सक्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ । यसअघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल वित्तीय संस्था संघले लकडाउन अवधिभर निशुल्क डिजिटल सेवा संचालन गर्ने निर्णय गरेका थिए ।

Ad