Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मालिका विकास बैंकको नाफा सवा १३ करोड

२०७३ श्रावण ८ गते

malikaमालिका विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा १३ करोड २१ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलानामा शतप्रतिशत नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ करोड ६० लाख रुपैँया खुद नाफा गरेको थियो । 

३१ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले यसअवधिमा ३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरि र ३ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा झण्डै चार करोड बराबरको खराब कर्जा उठाएपछि अब बैंकको खराब कर्जा १.६९ प्रतिशत मात्र छ । बैंकको कर्जा निक्षेप अनुपात ७० प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १९ पैसा तथा प्रतिशेयर नेटवर्थ १ सय ६० रुपैयाँ ८४ पैसा रहेको छ ।