बैंकिङ खबर । प्रभु बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच आज एक्सटेन्सन काउण्टर सञ्चालन गर्न हस्ताक्षर भएको छ । पोखरा महानगरपालीका ९, नयाँबजारमा रहेको यस अस्पतालमा गरिब तथा विपन्न वर्गका जनताले सुविधा लिदै आइरहेका छन् । अस्पतालबाट प्रभु बैंकका ग्राहकहरूलाई अधिकतम १० प्रतिशत सम्म छुट पाउने व्यवस्था समेत राखेको बैंकका पोखरा शाखाका निमित्त प्रमुख लालकान्त चापागाईले जानकारी दिनुभयो । सो सम्झौतामा प्रभु बैंकको तर्फ बाट प्रभु बैंक प्रादेशिक प्रमुख शान्ति शेरचन त्यस्तै अस्पतालका तर्फ बाट कलेज प्रमुख प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो। प्रभु बैंकले आफ्नो सेवा बिस्तार गर्ने क्रममा गण्डकी मेडिकल कलेजको एक्सटेन्सन काउण्टर बाट सम्पूर्ण बैकिङ्ग सहितको सेवा दिन लागेको शेरचनको भनाई छ । कार्यक्रममा बैंकका पोखरा शाखाका प्रबन्धक निर्देशक चेत नारायण गौतम लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
