Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोवल आइएमई बैंकमा महेश शर्मा ढकाललाई कामुको जिम्मेवारी, भविश्यमा सिइओ

२०७७ असार २५ गते

बैंकिङ खबर । ग्लोवल आइएमई बैंकको निमित्त प्रमुखको रुपमा साउन १ गतेबाट लागु हुन गरेर डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई कायम मुकायम कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवरले राजीनामा दिएपछि शर्मालाई निमित्त प्रमुख बनाइएको हो । जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरपछि जनता बैंकका सिइओ कुँवर ग्लोवल आइएमई बैंकको सिइओ बनेका थिए । डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल मर्जर अघि ग्लोवल आइएमई बैंकका सिइओ थिए । बैंकमा अबको सिइओ उनलाई नै बनाउने तयारी भएको बताइएको छ । 

Ad