Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ मिसन डेभलपमेण्ट बैंकको १३ औं साधारण सभा सम्पन्न

२०७७ असार २५ गते

बैंकिङ खबर । बुटवलको पाल्पा रोडमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको तेहौं वार्षिक साधारण सभा असार २५ गते विहिवार होटल एभन्यु प्रा.लि. बुटवलमा सम्पन्न भएको छ । कोभिड १९ को वढ्दो महामारीका कारण भिडियो कन्फेरेन्स मार्फत गरिएको उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रदिप कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष टिकाराम घिमिरेले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । बुटवलमा केन्द्रिय कार्यालय रहेका तिनाउ विकास बैंक, मिसन डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक एक आपसमा मर्ज तथा एक्विजिसन भई वनेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको उक्त साधारण सभामा आ.व. २०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको वारेमा छलफल भएको थियो । साधारण सभाले आ.व. २०७५/७६ को मुनाफाबाट १२ प्रतिशत लाभांस वितरण गर्ने तथा बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूंजीको ३ः१ (तीन कित्ता वरावर थप एक कित्ता शेयर) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्यो । उक्त सभामा संचालक समितीमा संस्थापक शेयरधनी तर्फबाट जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा, ऋषिराम पाण्डे र शालिकराम वेलवासे एवं सर्वसाधारण शेयर धनीका तर्फबाट विपिन पौडेल र अनिल प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको घोषणा निर्वाचन अधिकृत नेत्र वहादरु नेपालले गर्नुभएको थियो । साधारण सभा पश्चात वसेको संचालक समितिको पहिलो बैठकले संचालक जीवन प्रसाद वझालाई बैकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतीले निर्वाचित गरेको छ ।
हाल चुक्तापूँजी १ अर्व ६७ करोड ५८ लाख रहेको बैंकले १५ अर्व ५० करोड निक्षेप संकलन गरी १२ अर्व ५२ करोड कर्जा प्रवाह गरेको छ भने ५३ वटा शाखा कार्यालयहरुबाट बैंकिé कारोवार गरिरहेको र यसै क्षेत्रका तीन वटा बैंकहरु मिलेर वनेको बैंकले अव राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्यका साथ अगाडी वढीरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले वताउनु भयो ।

Ad