बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको छ । एक समारोहबीच सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको उद्घाटन गरे । प्राप्तिपछि बैंकको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ र ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी सहयोगिलाई प्राप्ति पछि बेंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। प्राप्तिपछि बैंकको कुल शाखा १०९ पुगेको छ ।