Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रोग्रेशिभ फाइनान्सको नयाँ निक्षेप योजना सार्वजनिक

२०७७ असार १ गते

आरोग्य बचत खाता
प्रोग्रेशिभ फाइनान्स लिमिटेडको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ । हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको हो । यस अनुसार अब ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा रु. १ लाख सम्मको बीमा सुविधा प्रदान गरिनेछ । साथै न्यूनतम मौज्दात रु. ५० हजार हुनेगरी खाता खोल्ने ग्राहकहरु रु.१ लाख बराबरको कोभिड १९ बीमा सुविधाबाट लाभान्वित हुन सक्नेछन् । संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुनेछ ।
“एक लाखको मुद्धति खोल्नुस एक लाखकै कोरोना विमा सुविधा पाउनुहोस् “योजना
यो योजना अनुसार रु. १ लाख वा सो भन्दा बढीको न्यूनतम एक वर्षे मुद्धती खाता खोल्ने ग्राहकलाई पनि रु. १ लाखकै कोभिड १९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ । संस्थागत ग्राहकहरुको सुविधाका लागि पनि फाइनान्स कम्पनीले नयाँ योजना अघि सारेको छ ।
रु.८० करोड १ लाख चुक्ता पूँजी रहेको फाइनान्स कम्पनीले हाल ७ वटा शाखाहरु तथा ४ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा प्रवाह गरिरहेको छ ।

Ad