बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा दुई अर्ब १० करोड बराबरको मुद्दा जितेको छ । यसअघिको एकल इजलासबाट भएको फैसला उल्टाउँदै तीन जनाको संयुक्त इजलासले नेपाल इन्भेस्टमेन्ट बैङ्कको पक्षमा फैसला गरेको हो । तनहुँ हाइड्रोको इटालियन ठेकेदार कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टीले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्नुपर्ने फैसला अदालतले सुनाएको छ ।
बैंक-वित्त
नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा दुई अर्ब १० करोडको मुद्धा जित्यो
२०७७ जेष्ठ २७ गते