बैंकिङ खबर । सहयोगि विकास बैंक – सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिने भएको छ । त्यसका लागि सिटिजन्स बैंक इन्टरनेसनलले विशेष साधारण सभा सम्पन्न गरेको छ । जुम मार्फत बैंकले पाचौं विशेष साधारण सभा सम्पन्न गर्दै सहयोगि विकास बैंकलाई गाभ्ने निर्णय गरेको हो । बैंकका अध्यक्ष राजन सिंह भण्डारीले सहयोगी विकास बैंकलाई प्राप्ति गर्नका लागि विशेष प्रस्ताव पारीत गरेको बताए । जसअनुसार सहयोगीको १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर दिनेगरी प्राप्ति प्रस्ताव पारीत भएको छ ।