Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आजदेखि राष्‍ट्रिय वाणिज्य बैंकको सबै शाखा खुल्ला रहने

२०७७ जेष्ठ २५ गते

बैंकिङ खबर । राष्‍ट्रिय वाणिज्य बैंकले आज आइतबारदेखि देशभरका सबै शाखाहरू खुल्ला गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको हो।

जसअनुसार बैंकको सबै शाखा कार्यालयहरू आज आइतबारदेखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने जनाइएको छ।

यस्तै, उपत्यका बाहिरका शाखाहरू भने सम्बन्धित स्थानीय निकाय वा जिल्ला प्रशासन कार्यालयले जारी गरेको भए सोही तालिका अनुसार खुला गरिने राष्‍ट्रिय बैंकले उल्लेख गरेको छ।

Ad