Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कृषि, घरेलु तथा मझौला उद्योगले ५ प्रतिशत व्याजमै कर्जा पाउने

२०७७ जेष्ठ १९ गते

बैंकिङ खबर । कृषि, घरेलु तथा मझौला उद्योगले पनि कोरोना प्रभावित व्यबसाय अन्तरगत नै ५ प्रतिशत व्याजमा कर्जा पाउने भएका छन् । सरकारले घोषणा गरेको बजेटलाई आधार बनाएर नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषको आकार १ खर्ब बनाउँदै छ । सोही कोष मार्फत कृषि, घरेलु तथा मझौला उद्योगले सहुलीयत कर्जा पाउने छन् । सरकारले कोरोना प्रभावित व्यबसायका रुपमा पर्यटन व्यबसायलाई राखेको छ । बजेटले कृषि, घरेलु तथा मझौला उद्योगलाई पनि सोही अनुसारको सुविधा दिने भएको हो । सो कार्य नयाँ आर्थिक बर्षसँगै लागु हुने छ ।