बैंकिङ खबर । प्रभु बैंकको बैकिङ सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न भएको छ । जसको कारण बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । अब नयाँ खाता नम्बर दिनका लागि बैंकले मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुलाई एसएमएसद्धारा उपलब्ध गराउने छ भने अन्य ग्राहकहरुले नयाँ खाता नंबर लिन आफ्नो अनुकुल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न सकिने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

