Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२१ बर्षे युवक ! एक्लै बैंकको एटीएम बुथ फूटाएर पैसा चोर्ने हिम्मत गरे

२०७७ जेष्ठ १७ गते

बैंकिङ खबर । एउट भर्खरको युवक । उमेर जम्मा २१ बर्ष । जसले अहिलेको टेक्नोलोजी समयमा एक्लै बैंकको एटीएम बुथ कब्जा गरेर बुथ फुटाएर पैसा चोर्ने हिम्मत गरे । उनी एकान्तमा रहेको र कम ग्राहक आउने एटीएम बुथको खोजिमा निस्कीए । शुक्रबार राती २ ३ वटा बुथ चाहारेपछि उनी मध्यपुर ठिमिस्थित एनआइसी एशिया बैंकको एटीएम भित्र प्रवेश गरे । पहिलै कुन कुन सामान प्रयोग गर्ने र कसरी खोल्ने भन्ने तयारी समेत उनले गरिसकेका थिए । एटीएम बुथबाट पैसा निकाल्ने रणनीति बनाएर उनी त्यहाँ पुगे । तर मेसीन फुटाउन निकै समय लाग्यो । मेसीनको बाहीरी भाग खोलीसकेपछि भने उनी फन्दामा परे । उनले यस्तो क्रियाकलाप गरीरहेको सूचना भक्तपुर प्रहरीमा पुग्यो । सोही अनुसार प्रहरी परिचालन भयो । मध्यपुर ठिमिस्थित एनआइसी एशिया बैंकको एटीएम मेसीन फूटाउँदै गरेको अबस्थामा प्रहरीले सिन्धुपाल्चोक कदम्बास घर भई हाल भक्तपुर बस्ने २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले एनआइसी एशिया बैंकको एटीएम मेसीन फूटाएर रकम चोर्ने योजना बनाएका थिए । प्रहरीले सूचना थाहा पाएर त्यहाँ पुग्दा एटीएम मेसीनको बाहिरी कभर तामाङले खोलिसकेका थिए। ठिमि वृत्तका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वले तामाङलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ । प्रहरीले तामाङबाट ह्याम्बर र स्क्रुड्राइभर पनि बरामद गरेको छ । घटना शुक्रबार रातीको हो ।

Ad