बैंकिङ खबर । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै हाल दिदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने बताउनुभयो । त्यस्तै उहाँले सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन प्रोत्साहित गर्ने समेत उल्लेख गर्नुभयो ।
