Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोना प्रभावित व्यबसायीले बैंकबाट ५ प्रतिशत व्याजमै ऋण पाउने

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । सरकारले कोरोना प्रभावित व्यबसायीहरुलाई लाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आवको बजेटमा सो कुरा उल्लेख गरेका हुन् । सो का लागि राष्ट्र बैंकमा १ खर्ब रुपैयाँको पुनकर्जा कोष बनाइएको छ । सोही मार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको हो ।