बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालको समृद्धिको मार्गमा धक्का पुगेको बताउनुभएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । यसको कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट पर्ने संकेत देखा परेको उहाँको भनाई छ ।

