Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

चालु वर्षमा आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने

२०७७ जेष्ठ १३ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षमा आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने बताएका छन् । सरकारले चालु आर्थिक आर्थिक वर्ष २०७६र७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघि सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । कोरोना संक्रमणका कारण ह्वात्तै घटेको हो । अर्थमन्त्री खतिवडाले कोरोनाका कारण आर्थिक बृद्धिदर घट्न पुगेको बताए । यसअघि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत आर्थिक बृद्धि हासिल हुने प्रक्षेपण गरेको थियो। अर्थमन्त्री खतिवडाले प्रतिव्यक्ति आम्दानी यस वर्ष एभरेजमा १ लाख २६ हजार १८ रुपैयाँ पुगेको बताए ।