Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बंगलादेश बैँकद्धारा कोरोना भाइरस नियन्त्रण कोषमा १ करोड ४५ लाख हस्तान्तरण

२०७७ जेष्ठ ११ गते

बैंकिङ खबर । नेपाल बंगलादेश बैँकले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा कुल रु. १,४५,००,०००/– (एक करोड पैतालिस लाख) प्रदान गर्ने निर्णय बमोजिम मिति २०७७/०२/११ गते आईतबार नेपाल सरकारको उक्त कोषमा रु.१,१०,००,०००/–(एक करोड दश लाख) हस्तान्तरण गरेको छ । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गर्नुभएको थियो । यसका साथै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा रु. ५,००,०००/– (पाँच लाख) हस्तान्तरण गरेको जानकारी गराएको छ ।
यसका साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको जनाएको छ ।

Ad