Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आइतबारको सट्टा सोमबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

२०७७ जेष्ठ १० गते

बैंकिङ खबर । गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा नदिेने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/०२/०९ को निर्णय अनुसार मुस्लिम समुदायको पर्व ईदुल फित्रको अवसरमा २०७७/०२/११ गते आइतबार सार्वजनिक बिदा निर्णय भएकोमा नेपाल र दक्षिण एशियाभरबाट २०७७/०२/१० मा चन्द्रमा नदेखिएको कारण उक्त पर्व २०७७/०२/१२ गते मनाउने निर्णय भएको र सो बमोजिम सार्वजनिक बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध भएकाले २०७७/०२/११ गते आइतबारको ठाउँमा २०७७/०२/१२ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।