Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकद्धारा ट्राफिक प्रहरीलाई १०० लिटर सेनिटाईजर हस्तान्तरण

२०७७ जेष्ठ ९ गते

बैंकिङ खबर । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल ट्राफिक पुलिसलाई यस कोरोना संक्रमित घडीमा १०० लिटर सेनिटाईजर सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक तुल्यिएको सेनिटाईजर रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्यले काठमाडौं महानगर पुलिसका वरिष्ट सुपर इन्टेंडेंट (एसएसपी) भीम प्रसाद ढकाललाई सेनिटाईजर हस्तान्तरण गर्नुभयो । कोरोना महामारी एवं विपदको समयमा न्यूनीकरण एवं नियन्त्रणका लागी नेपाल सरकारको राहत कोषमा योगदान, स्थानीय स्तरमा निम्नस्तरका महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता गतिविधिहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वहन गर्दै आएको छ ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना देशव्यापी शाखा र एटिएम मार्फत निरन्तर बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

Ad