Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकद्धारा विभिन्न विभाग र प्रदेश कार्यालयको नाम परिवर्तन

२०७७ जेष्ठ ७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले केही विभागहरु र प्रदेश कार्यालयको नाममा संसोधन गरेको छ । जस अनुसार ती विभागहरुको नाम परिवर्तन गरिएको छ । आगामी नयाँ आबबाट सुरु हुनेगरी राष्ट्र बैंकले काठमाडौं बाहिर रहेका सबै कार्यालयलाई प्रदेशस्थित कार्यालयको नाम राखेको छ । राष्ट्र बैंक गभर्नरस्तरीय निर्णयबाट नामहरु परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ । जस अनुसार नाम परिवर्तन भएका विभागहरुमा अनुसन्धान विभागलाई अब आर्थिक अनुसन्धान विभाग राखएको छ भने सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा नाम राखिएको छ । त्यसैगरी सामान्य सेवा विभागलाइृ सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग नामाकरण गरिएको छ भने लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागलाइृ लघुवित्त संस्था सुपरिवेक्षण विभाग नाम राखिएको छ । संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग राखिएको छ भने बैंकिङ कार्यालयलाई बैंकिङ विभाग नामाकरण गरिएको छ । आगामी नयाँ आब अर्थात साउन १ गतेदेखि नयाँ नाम कार्यान्वयनमा आउने भएको छ ।

Ad