बैंकिङ खबर । नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक एक महिलाको मृत्यू भएको छ । कोरोना लागेर निको भएर घर फर्किएकी महिलाको मृत्यू भएको सरकारले पुष्टि गरेको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको आशंका गरिएकी महिलाको धुलिखेल अस्पताल मृत्यु भएपछि उनको स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । हाल अस्पताल आसपास क्षेत्रमा उच्च सतर्कताका साथ सावधानी अपनाइएको छ ।

