बैंकिङ खबर । प्रभु बैंकको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको हो। गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ७७ करोड ४९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । यस वर्ष बैंकले १ खर्ब १८ अर्ब रुपैयाँको बढी निक्षेप संकलन गरेको जनाएको छ भने ९९ अर्ब ३९ करोड बढी कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दनी १९ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ६९ पैसा रहेको छ ।