बैंकिङ खबर । सरकारले आवतजावतमा कडाई गरेको छ । गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको हो । मन्त्रालयले जारी भएका पास पनि रद्द गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि सरकारले कडाई अपनाएको हो । जेठ १ गतेदेखि थप कडाई गर्ने भएको छ । अब जिल्ला प्रशासन कार्यालयबाट जारी पासमा मात्रै हिँडडुल गर्न पाइने छ ।
