Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नविल बैंकको नाफा घट्यो, एनआईसी एशिया बैंकको बढ्यो

२०७७ बैशाख ३० गते

बैंकिङ खबर । बैंकवित्तहरुले तेस्रो त्रैमासको रिपोर्ट भकाभक सार्वजनिक गर्न थालेका छन् । उनीहरुको नाफा पनि कसैको कमि र कसैको नाफा बढेको रिपोर्ट आएको छ । तेस्रो त्रैमासमा नविल बैंकको नाफा १ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्ममा ३ अर्ब १९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब १५ करोड ५८ रुपैयाँमा सीमित भएको छ । यो नविलको अघिल्लो आबको तुलनामा ३ करोड २३ लाख रुपैयाँले घटेको हो । नविलको वितरणयोग्य नाफा भने १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिमा नविल बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख निक्षेप संकलन गरी ८० अर्ब १४ करोड १७ लाख रुपैयाँ बनाएको छ । 

उता एन आई सी एशिया बैंकले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ %  रू. ३८ करोडले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १०% रू. २६ करोडको वृद्धि सहित रू. २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको थियो । यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पुर्याउन बैंक सफल भएको छ । 

Ad