बैंकिङ खबर । महालक्ष्मी विकास बैंकले हाल विश्वमामहामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म् ज्ञढ० का कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले मिति २०७६/१२/१६ गते जारी गरेको निर्देशन बमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरुमध्ये चैत्र मसान्तभित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १०% छुट प्रदान गरेको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १०% छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको बैंकले जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।
