Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा नेगेटिभ सर्किट ब्रेकका कारण कारोबार स्थगित

२०७७ बैशाख ३० गते

लकडाउनका कारण ५० दिन बन्द भएर मंगलबार खुलेको शेयर बजार नकारात्मक सर्किट लागेर बन्द भएको छ। सरकारले लकडाउन खुकुलो बनाएर बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् आवश्यक सेवा प्रवाह गर्ने निर्णय भए अनुसार ५० दिनको अन्तरालपछि बजार खुलेको थियो । आज देखि दैनिक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा कारोबार गरीने जनाइएको थियो । यसमा कारोबारमा नेप्से परिसूचक २ प्रतिशतले घट-बढ भएमा सो दिनको कारोबार बन्द हुने नेप्सेले विज्ञप्ती मार्फत जानकारी दिएको थियो। यसै क्रममा सेयर बजार २% ले घटेपछि कारोबार बन्द भएको छ । कारोबार सुरु भएको करीब डेढ घण्टामै बजारमा नेगेटिभ सर्किट लागेर बन्द भएको हो ।

आज नेप्से सूचक २५.३० अंकले घटेर १२२६.१५ विन्दुमा आइपुगेको छ ।

कारोबारमा १० करोड ४३ लाख रुपैयाँ बराबरका १ लाख ६ हजार कित्ता सेयर किनबेच भएका छन् । आज सबै उपसूचकहरु घटेका छन् । सबै कम्पनीको सेयर मूल्य घटेको छ भने बैंकिङ र बीमा सूचक सबैभन्दा धेरै घटेको देखिएको छ ।

 

Ad