Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

ईरान सरकारको मुद्रा बदल्ने फैसला, रियालबाट तोमान बनाइने

२०७७ बैशाख २३ गते

ईरान सरकारले आफ्नो मुद्रा बदल्ने फैसला लिएको छ । अहिलेसम्म ईरानको मुद्रा रियाल रहेको थियो । जसलाई अब बदलेर तोमान बनाइएको छ । अब १०,००० रियाल बराबर एक तोमान हुनेछ । अमेरिकी प्रतिबन्धले मुद्रामा आएको गिरावट रोक्नका लागि ईरानले यस्तो फैसला लिएको हो ।

सोमबार ईरानको संसदले यस संबन्धमा पेश गरेकोे बिधेयकलाई समेत मञ्जुरी दिएको छ । ईरानी एजेंसी रिपोर्टका अनुसार राष्ट्रीय करेन्सीबाट ४ वटा शून्य हटाउने प्रस्तावलाई संसदबाट मंजुरी दिइएको छ । यस प्रस्तावलाई अब ईरानका नेता अयातुल्लाह खामेनेईको अध्यक्षताको समितिमा पेश गरीनेछ । यस्तै, सेन्ट्रल बैंक अफ ईरानलाई करेन्सीलाई बदल्न दुई वर्षको समय दिइनेछ । ईरानमा करेन्सीबाट ४ वटा शुन्य हटाउने विषयलाई लिएर २००८ बाट नै चर्चा चलिरहेको भएपनि २०१८ पछि यो माग व्यापक रुपमा बढेको हो ।

Ad