Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको मंगलबार कुन-कुन शाखा खुल्दैछन् ?

२०७७ बैशाख २३ गते

बैंकिङ खबर । देशको सबैभन्दा ठूलो विकास बैंकका रुपमा परिचित मुक्तिनाथ विकास बैंकले आज मंगलबार प्रदेश १ मा उर्लाबारी, इनरुवा, विराटनगर, बिर्तामोड र धनकुटाको शाखा खुल्ला राख्नेछ । यस्तै प्रदेश २ मा बर्दीबास, मिर्चैया, चन्द्रपुर र लहानका शाखा खुला रहनेछन् । यता प्रदेश ३ मा नयाँबानेश्वर, माछापोखरी, बाँडेगाउँ, बत्तीसपुतली, ठिमी, कमलविनायक, कुलेश्वर, इमाडोल, ढुंगाअड्डा, कीर्तिपुर, चावहिल, धार्के, आरुघाट, खोलेसिमल, गिरुवारी र दलदलेको शाखा खुल्ला रहनेछ।

प्रदेश ४ मा आज बैंकको चिप्लेढुंगा अमरसिंह, लामाचौर, पुतलीबजार, भिमाद, बेगनासताल, बागलुङ, बेनी र बिरुवाका शाखा खुल्नेछन् । यस्तै, प्रदेश ५, ६ र ७ मा भने टवल, रामापुर कलोनी, भूमही, सराई, कोटीहवा, तानसेन, घोराही, थारमारे, धनगढी, श्रीनगर र वीरेन्द्रनगर शाखाहरुबाट आज सुविधा लिन सकिन्छ ।

यी शाखाहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछ ।

Ad