बैंकिङ खबर । गोर्खाज फार्ईनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ । फार्ईनान्सले कोरोना भाईरस महामारि रोकथाम तथा उपचारका लागी प्रदेश सरकारले खडा गरेको राहत कोषका लागी सहयोग गरेको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई फार्ईनान्सका संचालक डेकिन्द्र राई तथा गोर्खा समुहका अध्यक्ष पुरन्जन राई गोर्खा समुह सदस्य यादप राई, खोटाङ्ग जिल्ला संघिय सांसद बिसाल भट्टराईको उपस्थिीतीमा फार्ईनान्सका प्रमुख कार्यकारी अधिकृतले लाल बहादुर थिङ्गले उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।
मुख्यमन्त्री शेरधन राईले कोरोना महामारिको बिषम परिस्थीतीमा फार्ईनान्सले प्रदेश १ सरकारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । फार्ईनान्सका संचालक डेकिन्द्र राईले यस्तो संकटमा प्रदेशले सञ्चालन गरिरहेको अभियानलाई वित्तीय संस्थाले सक्ने सहयोग गर्ने बताउनुभयो ।