बैंकिङ खबर । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत कारोना भाइरसका कारण सिर्जित हालको विषम परिस्थितिको प्रभावलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका वडा नं. २८ पुतलीसडक वरपर बसोबास गर्ने अति विपन्न वर्गाका व्यक्तीहरुलाई आज संस्थाको तर्फबाट राहत वितरण गरेको छ । साथै संस्थाले आफ्नो सेवा सञ्चालन गरेको शाखा कार्यालयहरु बाग्मती प्रदेश र प्रदेश नं. ५ लाई कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक–एक लाख गरी २,००,०००/- (दुई लाख) जम्मा गरेको छ ।