बैंकिङ खबर । देशको सबैभन्दा ठूलो विकास बैंकका रुपमा परिचित मुक्तिनाथ विकास बैंकले आज सोमबार प्रदेश १ मा रामपुर (ओखलढुंगा), धरान, इटहरी, दमक, इलाम र दुहवीको शाखा खुल्ला राख्नेछ । यस्तै प्रदेश २ मा जनकपुर, मिर्चैया, लालबन्दी र वीरगञ्ज शाखा खुला रहनेछन् । यता प्रदेश ३ मा महाराजगञ्ज, कमलादी, न्युरोड, सीतापाइला, कोटेश्वर, चावहिल, सूर्यविनायक, ठमेल, कुपण्डोल, कुमारीपाटी, बनेपा, बट्टार, धादिङबेसी, नारायणगढ, मनहरी र पर्साको शाखा खुल्ला रहनेछ।
प्रदेश ४ मा आज बैंकको पृथ्वीचोक, नदीपुर, बैदाम, बुढीबजार, गोरखा, मिर्मि, वालिङ, दमौली, डेडगाउँ, जिरो किमि र दुलेगौँडाका शाखा खुल्नेछन् । यस्तै, प्रदेश ५, ६ र ७ मा भने गोपीगञ्ज, भूमही, भैरहवा, ड्राइभरटोल, हरैया, ताँहु, नेपालगञ्ज, कोहलपुर, लमही महेन्द्रनगर र गुलरिया शाखाहरुबाट आज सुविधा लिन सकिन्छ ।
यी शाखाहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछ ।