बैंकिङ खबर । नीजि क्षेत्र र बैंकरबीचको सम्बन्ध दरारतिर अग्रसर भएको छ । नीजि क्षेत्रले राष्ट्र बैंकद्धारा घोषित २ प्रतिशतको व्याजदर छुट कम भएको भन्दै बढाउन माग गरिरहँदा बैंकर्स संघका अध्यक्ष भूवन दाहालले सार्वजनिक रुपमै उद्यमीहरुलाई नाफा लुकाउने व्यबसायीको आरोप लगाउँदै उनीहरुलाई छुट दिइनु गलत भएको बताएका छन् । उनको यो भनाईले सिंगो नीजि क्षेत्रलाई आक्षेप लागेको छ । बैंकर्स संघका अध्यक्ष भुवन दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले आयोजना गरेको वेवनारमा उनले यस्तो बताएका हुन् । उनले नाफा लुकाउने व्यबसायीलाई राहात दिनु हुँदैन भनेर अर्थमन्त्रीको भाषामा बोलेपछि बैंकका संचालकहरु समेत उनीप्रति नकारात्मक भएका छन् । यसअघि उनको नेर्तत्वमा रहेको बैंकर्ससंद्धले बेंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले गरेका निर्णयहरुलाई मान्यता नदिने बताएको थियो । उनले बैंकवित्तका कर्मचारीको सेवा सुविधा पनि कम भएको र राष्ट्र बैंकका कर्मचारीको धेरै भएको समेत बताए । बैंकका संचालकहरु पनि व्यबसायी तथा उद्यमशीलतासँग जोडिएका कारण अहिले बैंकर र संचालकहरुबीच समेत दरार सृजना भएको छ ।
बैंक-वित्त
बैंकर्स संघका अध्यक्षले भने ‘व्यवसायीले नाफा लुकाउँछन्, व्याज छुट दिन हुन्न’
२०७७ बैशाख १९ गते