Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकबाट CEO मनोज ज्ञवाली बाहिरीदै, कायममुकायममा पारस राज कंडेल

२०७७ बैशाख १२ गते

बैंकिङ खबर । ज्योति विकास बैंकको हिजो बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि मिति २०७७ बैशाख १५ गते देखि समाप्त हुने बैंकले आधिकारीक रुपमा जानकारी दिएको छ ।

साथै सञ्चालक समितिको सोहि बैठकको निर्णय बमोजिम अर्को निर्णय नहुन्जेल सम्मको लागि ज्योति विकास बैंकका नायव महाप्रवन्धक पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ ।

Ad